सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्रा्ष्ट्रिय स्तरको किसान सम्मेलन सुरु

२०७५ फाल्गुन २६, ०६:१३ खबर संवाददाता

काठमाण्डौमा अन्तर्रा्ष्ट्रिय स्तरको किसान सम्मेलन सुरु भएको छ। काठमाण्डौमा पहिलो पटक अन्तर्रा्ष्ट्रिय स्तरको किसान सम्मेलन आयोजना गरिएको हो। ‘खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ नाम दिइएको सो सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सरकार लागि परेको दावी गरे। प्रधानमन्त्री ओलीले मानव स्वास्थ्यका लागि स्वस्थकर खाद्यबस्तु उत्पादन गर्न पनि कृषकहरुलाई आह्वान गरे।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि उत्पादनमा वृद्धि गर्न सरकारले वनभित्र पनि खेती गर्ने योजना तय गरेको बताए। त्यसका लागि कानुन निर्माणको कामलाई सरकारले अन्तिम चरणमा र्पुयाएको पनि मन्त्री खनालले जानकारी दिए।
३ दिनसम्म चल्ने अन्तर्रा्ष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, इन्डोनेसिया, मलेसिया, भियतनामका कृषि विज्ञहरु, किसान संघ, संस्थाका प्रतिनिधिहरु गरी करिब ३ सय ५० जनाको सहभागिता रहेको छ।
 

कमेन्ट लोड गर्नुस