बंगलादेशमा डुङ्गा पल्टिँदा २३ जनाको ज्यान गयो
एजेन्सी: बंगलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ। डुङ्गा पल्टिँदा अरू कैयौँ हराइरहेका बंगलादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो। महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ। घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ।