कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला
धनगढी: कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिका-८ 'क' गाउँकी ३९ वर्षीया गंगादेवी जैशीको सोही ठाउँको जनजागरण सामुदायिक वनमा शव फेला परेको हो।
बिहीबार साँझ घाँस-दाउरा काट्न भनी गएकी उनको शव आज (शुक्रबार) वनमा फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। उनी घर नफर्किएपछि खोजी कार्य सुरु गरिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए।