सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १८ वर्षीय किशोरद्वारा आमा समानकी महिला बलात्कृत

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ७, ०४:१९ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक अधवैंशे महिला बलात्कृत भएकी छन्। ४८ वर्षीया उनी आफूभन्दा ३० वर्ष कान्छो किशोरद्वारा बलात्कारको शिकार भएकी हुन्।

महिलालाई अस्ति जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१० बस्ने १८ वर्षीय किशोर पक्राउ परेका छन्। उनले ती महिलालाई स्थानीय बारीमा जबरजस्ती करणी गरेको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

किशोरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस