कञ्चनपुरमा लागुऔषधसहित कैलालीका २ युवक समातिए
कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। सोमबार बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट उनीहरुलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदनबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरु सवार से७प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा करिब २१ ग्राम ९९ मिलीग्राम खैरो हेरोइन फेला परेको प्रहरीले बताएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।