सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गाईसँग मोटरसाइकल ठोक्कियो

फाइल फोटो
फाइल फोटो
२०७९ असोज ३, १०:४५ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा गाईसँग मोटरसाइकल ठोक्किएको छ। सोमबार राति ८ बजे जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ स्थित वनहरा पुलमा गाईसँग से ५ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा चालक कृष्णपुर नगरपालिका-६ का ४८ वर्षीय टेकराम चौधरी र पछाडि सवार ५० वर्षीय बाधुराम चौधरी घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरुको गुलरियास्थित एक मेडिकलमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।  

कमेन्ट लोड गर्नुस