सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ कारागारका ६ जना कैदीको सजाय माफी

२०७९ असोज ३, ०४:५८ खबर संवाददाता

धनगढीः संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका ६ जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुदा लागेका ४ जना, बहुविवाह गरेका १ जना र कुटपिट अंगभंग मुदा लागेका १ जना गरी  ६ जनालाई राष्ट्रपतिले कैद सजाय माफी गरेकी हुन्।  

जसमा कर्तव्य ज्यान मुदा लागेका छविसपाथिभेरा गाउँपालिका–३ का अम्मरबहादुर सार्की, थलारा गाउँपालिका–९ घर भएका विष्णुबहादुर सिंह, दुर्गाथली गाउँपालिका–१ घर भएका अम्मरबहादुर थापा, दुर्गाथली गाउँपालिका–७ घर भएका उजले दौल्याल, सुर्मा गाउँपालिका–२ का लोकबहादुर बोहरा, सुर्मा गाउँपालिका–२ का कलकबहादुर बोहरा रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस