डडेल्धुरा कारागारबाट कञ्चनपुरका २ कैदीबन्दी छुटे, को हुन् ?
डडेल्धुराः डडेल्धुरा कारागारबाट दुई जना कैदीबन्दी रिहा भएका छन्। संविधान दिवसको अवसरमा उनीहरु सोमबार रिहा भएका हुन्।
जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाका अनुसार असल चालचलन भएका र ४० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको हो। कुटपिट तथा अंगभंग मुद्धामा दोषी ठहर भएका कञ्चनपुरका ३३ वर्षीय संदिप शाह र कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका कञ्चनपुरकै ४४ वर्षीय सुरेश भारती रिहा भएका हुन्।
शाहलाई अदालतबाट २ वर्ष जेल सजाय भएकोमा ९ महिना कैद भुक्तान गरिसकेका थिए। यस्तै भारतीलाई २० वर्ष कैद सजाय भएकोमा उनले ९ वर्षभन्दा बढी कैद भुक्तान गरिसकेका थिए। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ६ सय ८१ जना कैदीबन्दीको कैद कट्टा गरेकी थिइन। संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ।