सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुई महिलासहित तीन जनाको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७९ असोज २, ०८:४३ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा तीन ओटा बेवारिसे शव फेला परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका-१ मा उखुबारीमा दुई जनाको र पुनर्वास नगरपालिका १० मा दोदा नदी नजिक एक जनाको एक शव फेला परेको प्रहरीले बताएको छ।

तीन ओटै शवको पहिचान भने नखुलेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार शवहरु सडेका छन्। दोदा नदी किनारमा भेटिएको शव र उखुबारीमा भेटिएका दुई ओटा शवमध्ये एउटा शव महिलाको भएको उनले बताए।

शवहरु सडेकाले सजिलै पहिचान गर्न सकिने अवस्था नभएपनि लुगा र चुराबाट दुई ओटा शव महिलाका हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक मल्लले बताए। 'यी शवहरुका कंकाल मात्रै छन्, गाडेका शव वर्षाले गर्दा बगेर आएका पनि हुन सक्छन्,' उनले भने। आफूहरु अहिले शव भेटिएकै ठाउँमा रहेको प्रहरी निरीक्षक मल्लले बताए। 
 

कमेन्ट लोड गर्नुस