सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम पहिरोः उद्दारमा खटिन एमालेको निर्देशन, राहतका लागि सरकारसँग माग

२०७९ असोज १, ०५:३२ खबर संवाददाता

धनगढीः अछामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले ठूलो जनधनको क्षति भएको हो। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बेपत्ताको खोजीमा तदारुकता देखाउन सरकारलाई माग गरेको छ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीद्वारा जारी विज्ञप्तिमा घाइतेहरुको उपचार, बेपत्ताहरुको खोजी र उद्धारमा चासो दिन सरकारसँग माग गरिएको हो। विज्ञप्तिमा पार्टी पंक्तिलाई बेपत्ताहरुको खोजी, उद्धार एवम् प्रभावितहरुको लागि राहत उपलब्ध गराउन समेत निर्देशन जारी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस