डडेल्धुरामा बाढीः रंगुन नदी गाउँ पस्यो, कति भयो क्षति ?
धनगढीः शुक्रबारदेखिको अविरल वर्षापछि आएको बाढीले डडेल्धुराको भित्रिमधेश क्षेत्रमा क्षति पुगाएको छ। रंगुन र पन्तुरा नदीमा आएको तटबन्ध बगेपछि परशुराम नगरपालिका वडा नं ६ को ठन्नजाला र सिमलखेत गाउँमा बाढीले पसेको छ। बाढी गाउँ पस्दा धानखेतीमा क्षति भएको त्यहाँका जनप्रतिनिधिले बताएका छन्।
अहिलेसम्म त्यहाँ ६ वटा घर तथा केही पशुचौपाया बगाएको बताइएको छ। तर मानवीय क्षति भने भएको छैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ।
यस्तै पन्तुरा खोलामा आएको बाढीले दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापानीमा पक्की सडक भासिएको छ। यस्तै तटीय क्षेत्रमा लगाइएको धानबालीमा पनि क्षति पुगेको छ। यता, वडा नं १० को गैरिगाउँ खोलामा आएको बाढीले जमिन कटान गर्नुका साथै केही घर जोखिममा परेका छन्।