सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि घटेर आयो इन्धनको भाउ, तर घाटामै रहेको आयल निगमको दाबी

२०७९ भदौ ३१, ०४:४७ खबर संवाददाता

काठमाडौंः भारतबाट पछिल्लो पटक इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ। आज शुक्रबार भारतले पठाएको नयाँ मूल्यमा डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेको छ।

डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटर घटेको हो। भारतले मुल्य घटाए पनि निगमले भने समायोजन गर्नेरनगर्नेबारे कुनै निर्णय गरेको छैन। नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल र हवाइ इन्धनमा नाफा छ। डिजेल र ग्यासमा भने अझै घाटा रहेको निगमले जनाएको छ। समग्रमा मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमको दाबी छ। भारतले लगातार चौथो पटक इन्धनको मुल्य घटाएर पठाएको हो।

यसअघि तीन पटकसम्म घटेर आउँदा पनि निगमले समायोजन गरेको छैन।

कमेन्ट लोड गर्नुस