सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारी वर्षाले पर्खाल भत्किँदा ९ जनाको मृत्यु

२०७९ भदौ ३१, १०:४१ खबर संवाददाता

एजेन्सी: भारत उत्तर प्रदेशको लखनउमा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण मक्किएर कमजोर बनेको पर्खाल भत्किएको र त्यसले थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर प्रदेशको दिलकुशा क्षेत्रमा भएको घटनापछि उद्धार जारी छ। मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गर्ने घोषणा गरेका छन्।

समाचार संस्था पीटीआईका अनुसार भारतका उत्तरी क्षेत्रमा विगत केही दिनदेखि लगातार वर्षा भइरहेको छ। भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा सेप्टेम्बर १५ देखि १७ सम्म भारी वर्षा हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस