सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको लास्कुमा पुल बन्यो, दुहु-ब्यास आवतजावत सहज

२०७९ भदौ ३०, ०९:३३ खबर संवाददाता

धनगढीः दार्चुलाको लास्कु खोलामा भदौ २४ गते राति आएको बाढीले पुल बगाएपछि दुहु र ब्यास गाउँपालिकाबीच बन्द भएको आवतजावत अस्थायी पुल निर्माणसँगै सहज भएको छ। पुल बगाएको ६ दिनपछि लास्कु खोलामा अस्थायी काठेपुल निर्माण गरेपछि दुवै गाउँपालिकाबीच आवतजावत सहज भएको हो। 

बाढीले सदरमुकामसँग जोड्ने लास्कु पुल बगाएसँगै महाकाली नगरपालिकाका केही बस्ती दुहु र ब्यास गाउँपालिकाको बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो। सुरक्षाकर्मीसँगै महाकाली नगरपालिकाको पहलमा उक्त अस्थायी काठेपुल निर्माण भएको हो।

तत्काललाई आवतजावतका लागि निर्माण गरिएको अस्थायी पुल बुधबारबाट सञ्चालनमा आएपछि दुहु-ब्यास आवतजावत सुरु भएको हो। पुल बगाउदा असहज बनेको दुहु र ब्यास गाउँपालिकाको जनजीवन सहज बन्दै गएको स्थानीय बताउँछन्।
 

कमेन्ट लोड गर्नुस