डडेल्धुरामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ विद्यालय छनोट
धनगढीः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डडेल्धुराका ५४ विद्यालय छनोट भएका छन्। बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले जिल्लाका ५४ विद्यालय सो कार्यक्रमका लागि छनोट गरेको हो।
सबैभन्दा बढी परशुराम नगरपालिकाका १२ ओटा विद्यालय छनोटमा परेका छन् भने अमरगढी नगरपालिकाका ९, अजयमेरु, भागेश्वर र गन्यापधुरा गाउँपालिकाका ७/७ ओटा, आलिताल र नवदुर्गा गाउँपालिकाका ६/६ ओटा विद्यालय छनोट भएका छन्। ती विद्यालयमा आइसीटी ल्याव स्थापना, २ कोठे र ४ कोठे भवन निर्माण हुने बताइएको छ।