सुदूर नेपाललाई विश्वसँग जोड्दै

बच्चा चोरेको आरोपमा चार जना साधु कुटिए

२०७९ भदौ २९, ११:२३ खबर संवाददाता

नयाँ दिल्ली: भारतको महाराष्ट्रमा बच्चा चोरेको शंकामा स्थानीयले चार जना साधुलाई कुटपिट गरेका छन्। घटना महाराष्ट्रको सांगली जिल्लाको लवाना गाउँमा भएको हो। 

गाउँमा साधुले बच्चा चोरेको हल्ला फैलिएपछि चार जना साधुलाई स्थानीयले गम्भीर घाइते हुनेगरि कुटपिट गरेका भारतीय एनडीटीभीले जनाएको छ। स्थानीयले लाठी र ढुंगाले आक्रमण गरेका थिए। 

प्रहरीले भने यस विषयमा अहिलेसम्म कुनै जानकारी र गुनासो प्राप्त नभएको जनाएको छ ।  तर सामाजिक सञ्जालमा भाइरल भएको भिडिओबारे अनुसन्धान गरेर आवश्यक कारबाही गरिने सांगलीका एसपी दीक्षित गेदामले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस