सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायती राजा चार्ल्स तृतीयले गरे संसदमा पहिलो सम्बोधन

२०७९ भदौ २८, ११:३४ खबर संवाददाता

लण्डनः बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि उनलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो।

सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिए। 

गत हप्ता भएको ९६ वर्षीया महारानीको निधले सात दशक लामो शासनको अन्त्य गरेको छ।  


 

कमेन्ट लोड गर्नुस