सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा क्याम्पसमा हुने भनिएको स्ववियु कपको विरोध, सबै विद्यार्थी संगठनसँग छलफल गरिनुपर्ने माग 

२०७९ भदौ २७, ०९:४५ खबर संवाददाता

धनगढी: डडेल्धुरा क्याम्पसमा सरकारी रकम दुरुपयोग गरी स्ववियु कप गरिन लागिएको भन्दै नेपाल विद्यार्थी संघ (विपि) डडेल्धुराले आपत्ति जनाएको छ। आइतबार जिल्ला कार्यसमिति अध्यक्ष मदनबहादुर बोहराद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै संघले आपत्ति जनाएको हो।

संघले विज्ञप्तिमार्फत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले खुल्ला पुरुष र आन्तरिक महिला भलिबल प्रतियोगिता हुने भनी पत्रकार सम्मेलन गरेको जानकारीमा आएको कुराप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। 'सामाजिक विकास मन्त्रालयबाट विनियोजित रकम रु. १० लाखको क्याम्पस र क्याम्पसभित्र अध्ययनरत विद्यार्थीका लागि कुनै प्रतिफल नभएकोले आयोजनप्रति नेविसंघ (विपि) डडेल्धुरा घोर विरोध गर्दछ,' विज्ञप्तिमा उल्लेख छ।

स्ववियुको कार्यकाल २ वर्षको हुने जनाउँदै संघले २०७३ साल फागुनमा भएको स्ववियु २०७५ सम्म रहने गरी निर्वाचन गरिएको र सो कार्यकाल समाप्त भएको जनाएको छ। कार्यकाल सकिएपछि त्रिविले ६ महिना पहिलो पटक र ६ महिना दोस्रो पटक गरी दुई महिना म्याद थप गरेकोमा त्यसपश्चात कुनै काम कारबाही गर्न अख्तियारी दिएको जानकारीमा नआएको विज्ञप्तिमा भनिएको छ।

यस्तो अवस्थामा स्ववियुले अन्य विद्यार्थी संगठनसँग सल्लाह तथा परामर्श नै नगरी एकलौटी, मनोमानी ढंगबाट कुनै प्रक्रिया नपुर्याई स्ववियू कप नामक सरकारी रकम दुरुपयोग गर्ने कार्य भएकाले नेपाल विद्यार्थी संघ (विपि) डडेल्धुरा घोर भत्र्सना गर्दछ भनी भनिएको छ।

संघले यदी सो बजेटले गरिने कार्यक्रम विद्यार्थीमुखी तथा क्याम्पसको हितका लागि सबै विद्यार्थी संगठनसँग छलफल र समन्वय गरी कार्यक्रमको विषयमा प्रस्तावना तय नगरिए नेविसंघ विपि डडेल्धुरा जुनसुकै मूल्य चुकाउन तयार रहेको र सो बाट हुने हानी नोक्सानीको जिम्मा अवैधानिक स्ववियूले नै लिनुपर्ने भन्दै चेतावनी दिएको छ।

 

 

 

 

कमेन्ट लोड गर्नुस