सुदूर नेपाललाई विश्वसँग जोड्दै

द्वारका पीठका शंकराचार्य स्वरुपानन्द सरस्वतीको निधन

२०७९ भदौ २७, ०६:१६ खबर संवाददाता

काठमाडौँ: ज्योतिर्मठ बद्रीनाथ र शारदा मठ द्वारकाका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको निधन भएको छ। उनको ९८ वर्षको उमेरमा आइतबार निधन भएको हो।

मध्ये प्रदेशको नरसिंहपुर जिल्लाको झोतेश्वरस्थित परमहंसी गंगा आश्रममा उनको आइतबार दिउँसो निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई माइनर हर्टअट्याक भएको बताइएको छ। उनी हिन्दु धर्मका ठूला धर्मगुरु मानिन्थे।

कमेन्ट लोड गर्नुस