सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालमा रहेका ७० जना बिरामीलाई फलफूल वितरण

२०७९ भदौ २५, ११:४८ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा रहेका ७० जना बिरामीलाई फलफूल वितरण गरिएको छ। शनिबार आदर्श युवा समाजले बिरामीलाई फलफूल वितरण गरेको हो।

क्लब दर्ता गरेको उपलक्ष्यमा फलफूल वितरण गरिएको क्लबका अध्यक्ष आशिष बोहाराले बताए। विभिन्न सामाजिक कार्य, लागुऔषध दुव्र्यसनीविरुद्ध अभियान, युवालाई व्यापारतर्फ लाग्न परामर्श दिने लगायतका उद्देश्य राखेर क्लब गठन गरेको उनले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस