दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु
२०७९ भदौ २५, ०९:१०
दार्चुला: दार्चुलाको नौगाड गाउँपालिकामा गएराती चट्याङ परेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो।
वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार उनी घरमा एक्लै थिए। घरका अरु सदस्य सदरमुकाम रहेको उनले बताए।
कमेन्ट लोड गर्नुस