डडेल्धुराबाट खगराज भट्ट प्रतिनिधि र प्रदेशसभा दुवैमा, अरु को–को भए सिफारिस ?
डडेल्धुराः माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको नाम डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवैमा सिफारिस गरिएको छ।
नेकपा माओवादी केन्द्रको जिल्ला कार्य कमिटीले प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा उम्मेदवार बन्नका लागि उनको नाम सिफारिस गरिएको हो।
डडेल्धुरा प्रदेश ‘क’ मै प्रदेश उपाध्यक्ष मानसिंह माल, कुन्ती जोशी, औँशी सहकारी (अमर बोगटी) को नाम सिफरिस गरिएको माओवादी केन्द्रले जनाएको छ। यस्तै प्रदेश 'ख' तर्फ लक्ष्मण सिंहको नाम सिफारिस गरिएको छ।