सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा लागुऔषधसहित २ भारतीय नागरिक पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २३, ०४:३२ खबर संवाददाता

धनगढीः बैतडीमा लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। ५ सय मिलिग्राम चरेशसहित बिहारका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार मंगलबार राति गोठलापानीबाट उनीहरुलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुलाई समातेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस