सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशकी प्रधानमन्त्री भारत भ्रमणमा

२०७९ भदौ २२, ०८:५७

एजेन्सी: बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन्। भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो।

भ्रमणका क्रममा दुई नेतृबीच द्धिपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरुले दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए। भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री हसिनाले उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेकी थिइन्। चार दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदी र भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई पनि भेट गरेकी छिन्। 

कमेन्ट लोड गर्नुस