प्रदेशसभा सदस्यका लागि कैलाली ५ (ख)बाट विद्यार्थी नेता भट्ट सिफारिस
कैलालीः नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ को (ख) बाट प्रदेशसभा सदस्यका लागि चुडामणी भट्टको नाम सिफारिस गरेको छ। नेकपा एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले अनेरास्ववियु कैलाली जिल्लाका लोकप्रिय विद्यार्थी नेता भट्टलाई प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो।
२०७३ सालको स्वतन्त्र विद्यार्थी युनियनको को निर्वाचनमा सुदूरपश्चिमकै शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसमा लोकप्रिय मतका साथ सभापतिमा विजयी भएका चुडामणी भट्ट अनेरास्ववियु कैलाली जिल्लाका विद्यार्थी नेता हुन्।
सानै उमेरदेखि अनेरास्ववियु को राजनीतिमा रहेका भट्ट नेतृत्वकर्ताका रूपमा उदाएका छन्।