सुनको मूल्य बढ्ने क्रम जारी
काठमाडौंः नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ। आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो।