सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलोचनापछि गाउँपालिका अध्यक्षकी पत्नीले दिइन् भान्से पदबाट राजीनामा

२०७९ भदौ २०, ०६:१० खबर संवाददाता

अछाम: अछामको रामारोशन गाउँपालिकाकी भान्से जयसरा साउँदले पदबाट राजीनामा दिएकी छन्। अध्यक्ष मानबहादुर साउँदले आफ्नै श्रीमतीलाई कार्यालय तथा आफ्नो व्यक्तिगत प्रयोजनका लागि भन्दै जेठ १५ गतेदेखि लागू हुनेगरि नियुक्त गरेका थिए।

तर सबैतिरबाट आलोचना भएपछि उनले पदबाट राजीनामा दिएकी छिन्।  उनले दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ। भान्सेमा काम गरेबाफत उनको खातामा भुक्तानी भएको ३१ हजार ६ सय ३० रुपैयाँ गाउँपालिकाको सन्जित कोषमा दाखिला गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस