सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस नेता लेखकद्वारा महाकाली कोरिडोरको स्थलगत अवलोकन

२०७९ भदौ २०, ०५:५४ खबर संवाददाता

बैतडीः पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सोमबार महाकाली कोरिडोरको स्थलगत अवलोकन गरेका छन्। ‘जनताका साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर विभिन्न कार्यक्रममा सहभागी हुन बैतडी पुगेका नेता लेखकले बैतडीको तल्लो स्वराडमा पर्ने महाकाली कोरिडोर खण्डको स्थलगत अध्ययन गरेका हुन्। 

नेता लेखकले पञ्चेश्वरका स्थानीयसँग कोरिडोरका बिषयमा छलफल गरेका थिए।  पाँच वर्ष पहिले आफु भौतिक तथा पूर्वाधार विकास मन्त्री भएका बेला महाकाली कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेर ठेक्का लगाएको जानकारी गराउँदै नेता लेखकले महाकाली कोरिडोर सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक प्रगति हुने विश्वास दिलाए। 

‘कञ्चनपुरको दोधरा चादँनीबाट सुरु हुने महाकाली कोरिडोरले डडेल्धुरा, बैतडी हुदै दार्चुलाको टिंकरसम्म जोड्ने भएकाले यसको निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा प्रगति हुन्छ’ उनले भने, ‘कञ्चनपुरदेखि दार्चुलाको टिङ्कर सम्म कुल ४१३ किलोमीटर दुरीको सडकको करीव ५७ किलोमीटर खण्ड बैतडी जिल्लामा पर्छ।’  
 

कमेन्ट लोड गर्नुस