कञ्चनपुर-२ बाट प्रतिनिधि सभा सदस्यमा युवा नेता ओझा सिफारिस
धनगढी: युवा नेता शिरोमणि ओझा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन्। नेपाली काँग्रेसले उनलाई समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको बताइएको छ।
ओझा विश्व हिन्दु युवा संघका प्रवक्तासमेत हुन्। उनले काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले प्रतिवद्धता पत्र जारी गर्दै नेपाली काँग्रेस जस्तो नेपालको ऐतिहासिक लोकतान्त्रिक पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारको रुपमा पार्टीले विश्वास गरेमा उक्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने जनाएका छन्।