निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा अवस्थी
धनगढी: निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा भवानिदत्त अवस्थी निर्वाचित भएका छन्। मतदान अधिकृत हरिप्रसाद भट्टका अनुसार अवस्थी ५९ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।
उनले दुर्लभ झुकाललाई पराजित गरेका हुन्। झुकालले ४४ मत ल्याए। आइतबार भएको निर्वाचनमा १०४ मत खसेको र एक मत बदर भएको भट्टले बताए। यसैगरी सचिवमा सुरेश पाण्डेय ७७ मत ल्याउँदै निर्वाचित भएका छन्। समितिका अन्य पदाधिकारी र सदस्यहरू भने सर्वसम्मत चयन भएका थिए।
समितिको प्रथम उपाध्यक्षमा सन्तोषकुमार खड्का, द्वितीय उपाध्यक्षमा टेकराज साउँद, महासचिवमा दानबहादुर ओली र कोषाध्यक्षमा रामबहादुर बिष्ट सर्वसम्मत चयन भएका हुन्।