डडेल्धुरा पुगेर महासचिव पोखरेलले भनेः निर्वाचनपछि एमालेको सरकार बन्छ
धनगढीः नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।
शनिबार डडेल्धुरामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने गरी अघि बढिरहेकाले सबै नेता कार्यकर्ताहरू एकताका साथ निर्वाचनमा लाग्न आग्रह गरे।