सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-५ मा मात्रै काँग्रेसको एकल उम्मेदवार सिफारिस, अरु क्षेत्रमा मारामार !

२०७९ भदौ १८, ०६:५३ खबर संवाददाता

धनगढीः कैलालीमा नेपाली काँग्रेसले पाँच ओटै क्षेत्रका उम्मेदवारलाई प्रदेशमा सिफारिस गरेको छ। शनिबार धनगढीमा बसेको जिल्ला कार्य समितिको बैठकबाट कैलालीका सबै क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचन लड्न आकांक्षी उम्मेदवारहरुको सूची प्रदेशमा पठाइएको हो। 

जिल्ला कार्य समितिका सचिव नृप सुनारका अनुसार क्षेत्रीय समितिहरुबाट सिफारिस भएर आएका आकांक्षीहरुलाई जिल्लाले आज प्रदेश समितिमा पठाएको हो। यसअघि सिफाारिस छुटेका तथा नसमेटिएका उम्मेदवारलाई पनि थप गरेर सिफारिस गरिएको बताइएको छ।

जिल्लाको सिफारिस अनुसार कैलालीको क्षेत्र नम्बर ५ मा मात्रै एकल उम्मेदवारी परेको देखिएको छ। यो क्षेत्रबाट प्रतिनिधि सभाका लागि प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेतृ आरजु राणा देउवा सिफारिस भएकी हुन्। कैलालीका अरु कुनै पनि क्षेत्रमा एकल उम्मेदवार सिफारिस भएका छैनन्।

एकल उम्मेदवारी नपरेका क्षेत्रमा टिकट लिनका लागि पार्टीभित्र रस्साकस्सी हुने देखिएको छ। पार्टीभित्र आकांक्षी उम्मेदवारहरुले टिकट हात पार्न जोडबल थालेको काँग्रेस नेताहरु नै बताउँछन्। सरकारले आगामी मंसिर ४ गते संसदीय निर्वाचनको मिति तय गरेपछि कैलाली काँग्रेस अहिले चुनाव केन्द्रित बनेका हो। 

कुन क्षेत्रबाट को को उम्मेदवार ? 
क्षेत्र नम्बर १
रणबहादुर रावल
रामजनम चौधरी
वुद्धी सागर चौधरी
टेकेन्द्र धामी
क्षेत्र नम्बर २
हेम रावल 
कमल शाह 
मोहनसिंह राठौर 
कृष्ण पाण्डेय
क्षेत्र नम्बर ३
गोविन्दराज जोशी
भीम बडुवाल
खेमराज चौधरी
क्षेत्र नम्बर ४
प्रकाश बम 
सुनिल भण्डारी
प्रदीप जोशी (टेकराज)
नैनसिंह महर
क्षितिज भण्डारी
क्षेत्र नम्बर ५
आरजु राणा देउवा 

 
 

कमेन्ट लोड गर्नुस