डडेल्धुरामा न्युन गुणस्तरको ९ पेटी मदिरा नष्ट
धनगढीः डडेल्धुरामा न्युन गुणस्तरको ९ पेटी मदिरा नष्ट गरिएको छ। इलाका प्रहरी कार्यालय जोगबुढाको प्रहरी टोलीले उक्त मात्रामा मदिरा नष्ट गरेको हो।
प्रहरीका अनुसार शुक्रबार राति गस्ती टोलीले परशुराम नगरपालिका-१२ खजुरानी सलौन पुल नजिक से १ क ९१३ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा सौफी नामक न्युन गुणस्तरको मदिरा बरामद गरिएको थियो।
त्यसमा ९ पेटी (२७० क्वाटर) न्युन गुणस्तरको फेला परेपछि प्रहरी कार्यालयमा ल्याएर स्थानीय जनप्रतिनिधिको रहोवरमा नष्ट गरीएको बताइएको छ।