सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिलिपिन्समा कोरोना संक्रमणबाट एकैदिन ४६ जनाको मृत्यु

२०७९ भदौ १७, ०९:०२ खबर संवाददाता

मनिलाः फिलिपिन्समा बिहीबार थप २ हजार ३५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै सङ्क्रमितको कूल सङ्ख्या ३८ लाख ८६ हजार ३९५ पुगेको छ।

यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७०२ पुगेको छ। त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ४६ जना बिरामीको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ६१ हजार ९१० पुगेको छ।

करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा सात करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस