सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सभामुख थापाको बझाङबाट संघीय चुनाव लड्ने आकांक्षा 

२०७९ भदौ १७, ०६:३० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले चुनाव लड्ने आकांक्षा राखेका छन्। शुक्रबार प्रदेश सभाको अन्तिम दिनको अवसरमा आयोजित एक कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिदै उनले बझाङबाट संघमा चुनाव लड्ने आकांक्षा जाहेर गरेका हुन्। 

‘म नेकपा एमालेबाट जितेको मान्छे हुँ,’ उनले भने, ‘पार्टीले पत्याएर टिकट दिएमा म प्रतिनिधि सभामा चुनाव लड्छु। अब फेरि प्रदेशमा भने लड्दिँन्।’ उनी एमाले बझाङका संस्थापक अध्यक्ष पनि हुन्। गत प्रदेश सभा निर्वाचनमा बझाङको ‘क’ बाट निर्वाचित भएर उनी प्रदेशको सभामुख बनेका थिए।

अहिले प्रतिनिधिसभा सदस्यका लागि बझाङमा भैरवबहादुर सिंह, ऐन महर, अफिलाल ओखेडा, आसा विक, खडक खड्का, दमन भण्डारी र दिलबहादुर भण्डारी चुनाव लड्नका लागि आकांक्षी छन्। 

कमेन्ट लोड गर्नुस