सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसले बनायो देउवालाई सर्वसम्मत उम्मेदवार

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ १६, ०५:२० खबर संवाददाता

धनगढीः आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि डडेल्धुराबाट शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। एकमात्र क्षेत्र रहेको डडेल्धुराबाट प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो।

बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ र प्रदेश  ‘ख’ले देउवालाई नै उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए। यस्तै भोलि जिल्ला समितिले पनि सोही निर्णयलाई सदर गर्ने उनले बताए। 

डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन्। उनी वर्तमान प्रधानमन्त्रीसमेत हुन्। 

कमेन्ट लोड गर्नुस