सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाई संरक्षणको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता

२०७५ फाल्गुन २०, ०४:१० खबर संवाददाता

गाई संरक्षणको माग गर्दे सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । पशु कल्याणका आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै स्थानीय निकायहरुले गरिरहेको छाडा पशु चौपायाहरुको व्यवस्थापन अव्यवस्थित, अपरिपक्व र नतिजा विहिन भएको भन्दै सर्वोच्चम अदालतमा मुद्धा हालिएका हो । पशुहरुको वैज्ञानिक र उपयोगी समाधानका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, पशु सेवा विभागका साथै, ७ ओटा निकायको नाममा परमादेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो । पशु कल्याणका लागि कार्यरत संस्था स्नेहाज केयरले छाडा पशु चौपायाहरु विषेश गरी गाई गोरुहरुको कानुन सम्मत र मानवीय तरिकाले व्यवस्थापन गर्ने काममा सरकारी निकायहरु उदासिन देखिएकाले तत्कालै व्यवस्थापनको माग गर्दै मुद्दा दर्ता गरेको हो । स्नेहाज केयरको तर्फवाट अधिवक्ता पदमबहादुर श्रेष्ठले सो मुद्दा दर्ता गराएका हुन् ।

कैलाली जिल्ला स्थित घोडाघोडी नगरपालिकाले चुरेको जंगलमा लगि छाडा गाईगोरुहरुलाई राखेकोमा त्यसको उचित व्यवस्थापन गर्न नसक्दा भोक, प्यास, आवास तथा औषधि उपचारको अभावमा धेरै गाईहरुको मृत्यू भएको घटनाले यस समस्याको उजागर गरेको थियो । त्यस लगतै मिति २०७५ साल माघ १७ गते त्यस स्थानका गाईहरुलाई आवश्यक उपचार, दानापानी र हेरचाहको व्यवस्था गर्न स्नेहाज केयर कैलाली पुगेको थियो । संस्थाले त्यस स्थानका गाई गोरुहरुलाईसेवा प्रदान गर्दै आईरहेको छ भने, आफ्नै खर्चमा घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा चार सय गाईहरु राख्न मिल्ने नमुना गौशालाको पनि निर्माण गरिरहेको  संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिईन् । 

कमेन्ट लोड गर्नुस