सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वी नगरपालिकमा महिला र बालबालिकालाई आर्थिक सहयोग

२०७९ भदौ १३, ०७:२८ खबर संवाददाता

बझाङ: बझाङको जयपृथ्वीनगरपालिका १ कैलाश र २ मोतोलिमा रहेका विपन्न, एकल, प्रभावित महिला तथा असाहाय बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ। युनिसेफ नेपालको सहयोगमा बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले सो आर्थिक सहयोग प्रदान गरेको हो।

नवनिर्वाचित जनप्रतिनिधीहरुद्वारा जयपृथ्वी नगरपालिका वडा नम्बर १ र २ मा रहेका विपन्न एकल महिला र बालबालिकाहरुलाई दिगो जिवीकोपार्जन तथा बालबालिकाहरुलाई शैक्षिक सामाग्री खरिद गर्नका लागि आर्थिक सहयोग प्रदान गरिएको हो।
 
 

कमेन्ट लोड गर्नुस