मलेसियामा शक्तिशाली भूकम्प
काठमाडौं: मलेसियामा शक्तिशाली भूकम्प गएको छ। राजधानी क्वालालम्पुरबाट दक्षिण पश्चिम क्षेत्रलाई केन्द्र बिन्दु बनाएर आज ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको हो।
त्यहाँका भूकम्प मापन केन्द्रका अनुसार क्वालालम्पुरबाट ५६६ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा केन्द्र रहेको उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ।
भूकम्पले र्पुयाएको भौतिक तथा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन्। यसअघि सुमात्रा टापुको दक्षिण पश्चिम टापु क्षेत्रमा भूकम्प जाँदा पानीको प्रबाह रोकिएको थियो।