बाजुरामा ८ पेटी अवैध घरेलु मदिरा बरामद
धनगढीः बाजुरामा प्रहरीले ८ पेटी अवैध घरेलु मदिरा बरामद गरेको छ। शनिबार हिमाली गाउँपालिकाका उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्रहरी चौकी धुलाचौर बाजुराबाट खटिएको संयुक्त टोलीले उक्त मदिरा बरामद गरेको हो।
प्रहरीका अनुसार हिमाली गाउपालिकाका विभिन्न स्थानमा रहेका होटल (पसलहरू) चेकजाँच गर्ने क्रममा १८० लिटर अवैध घरेलु मदिरा, (८ पेटी) रक्सी र अवैध मदिरा उत्पादन गर्न प्रयोग हुने भाडा बरामद गरिएको हो।
उक्त मदिरा आज नष्ट गरिएको छ।