सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक क्याम्पसमा अध्यनरत विद्यार्थी मृत फेला 

२०७९ भदौ १२, ०३:२१ खबर संवाददाता

धनगढीः कञ्चनपुरको एक क्याम्पसमा अध्यनरत विद्यार्थी मृत फेला परेका छन्। जिल्लाको कार्की जनज्योती बहुमुखी क्याम्पसमा विएसडब्लु प्रथम सेमेस्टरमा अध्यनरत विद्यार्थी आइतबार मृत फेला परेका हुन्। 

प्रहरीका अनुसार मृत फेला पर्नेमा २० वर्षीय अनिक कार्की रहेका छन्। उनी वेदकोट नगरपालिका-४ स्थित आफ्नै घरमा मृत फेला परेका थिए। 

पारिवारिक स्रोतका अनुसार उनले असार १ गते प्युठानबाट प्रेम विवाह गरेका थिए। अहिले उनको शव महाकाली अस्पतालमा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस