सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वडा एक स्वास्थ्य चौकी निर्माणको जिम्मा स्थानीय तहलाई

२०७५ फाल्गुन २०, ११:२१ रोशन भट्ट

एक वडा एक स्वास्थ्य चौकी निर्माण कार्यक्रमको जिम्मा प्रदेशको सहरी विकास तथा भवन कार्यालयलाई दिने भनिएको भएपनि अन्ततः स्थानीय तहहरुलाई नै दिने तयारी भएको छ । छुट्टा छुट्टै सरकार निर्माण भएकाले आफ्नो मातहतको काम आफैले गर्ने भन्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वडा एक स्वास्थ्य चौकी निर्माण कार्यक्रमको जिम्मा स्थानीय तहहरुलाई नै दिने तयारी गरेको हो। विपन्न नागरिकलाई पनि स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनको लागि स्वास्थ्य संस्थाहरुको सुदृढीकरण एवम स्तर वृद्धि गरी “एक वडा एक स्वास्थ्य चौकीका लागि नितिगत र संरचनागत रुपमा काम गर्ने बताएसंगै सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा १ सय ५१ ओटा नयाँ स्वास्थ्य चौकी निर्माण हुने भएका हुन । देशभरी पहिलो चरणमा १२ सय नयाँ स्वस्थ्य चौकी निर्माण गर्ने तथा वजेट स्वीकृत गर्ने निर्णय गत पुस ४ गते नेपाल सरकारको सचिवस्तरको वैठकबाट भएको थियो। 

तर निर्णय भएको ढाई महिनाभन्दा बढी हुँदा पनि कार्यान्वयनको चरणमा लैजान ढिलाई भईरहेको छ। अव एक हप्ताभित्रै बजेटको अख्तियारी दिएर काम सुरु गर्ने दावी संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयको रहेको छ। नेपाल सरकारले पहिला गरेको निर्णय अनुसार भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण कार्यालयलाई जिम्मा दिने भनिएको भएपनि अन्ततः स्थानीय तहहरुलाई नै जिम्मा दिने निर्णय गरिएको छ। भवन निर्माणको लागि जम्मा रकमको पहिलो किस्तामा ४० प्रतिशत दिने भनिएको छ भने दोस्रो र तेस्रो किस्तामा ३०–३० प्रतिशत रकम दिने भनिएको छ। 

निर्माणको जिम्मा स्थानीय तहहरुले पाएको भएपनि समन्वय र सहकार्यको भूमिका प्रदेशको सामाजिक विकास मन्त्रालयको समेत रहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य साखा महासाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए। नेपाल सरकारले सुदुरपश्चिमा मात्र नयाँ स्वस्थ्य चौकी निर्माण गर्नको लागि ६५ करोड ८२ लाख ५६ हजार ५ सय १० बजेट विनियोजन गरेको छ भने अपुग भएको बजेट सम्बन्धित स्थानीय तहले व्यहोर्ने  जनाएको छ। स्वास्थ्य चौकीको भवन निर्माणसंगै सेवा समेत संगै सुरु गर्ने तयारी रहेको छ । भवन रहेको वडामा तत्कालै सुरु गर्ने भनिएको छ भने भवन नभएको स्थानमा वडा कार्यालयले भवनको व्यवस्था गर्नुपर्ने भएको छ । 

सामान्य स्वास्थ्य चौकी सम्बन्धित वडाको ७ हजार जनसंख्या २ सय ८६ वर्ग मिटर जग्गामा हुने भएका छन भने  प्रसुती सहितको स्वास्थ्य चौकी ७ हजार भन्दा बढी जनसंख्य र ५०९ वर्ग मिटर जग्गामा निर्माण हुने भएका छन। एक हप्ता भित्रै वजेटको अख्तियारी स्थानीय तहहरुलाई दिने र तत्काल काम सुरु गर्ने दावी संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयको रहेको छ। एक वडा एक स्वास्थ्य चौकी निर्माण कार्यक्रमको जिम्मा स्थानीय तहहरुलाई दिएपनि पुर्ण रुपमा वजेट खर्च हुन्छ की हुदैन ? भवन निर्माणको रकम अन्यमा खर्च हुन्छ की भन्ने लगायतका अन्य प्रश्नहरु समेत उब्जिन लागेका छन। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस