बझाङको पाण्डु माविलाई शैक्षिक सामग्री वितरण
धनगढी: बझाङको जयपृथ्वी नगरपालिका-३ पडेसस्थित पाण्डु माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ। नेपाल भारतको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बिहिवार परिषद्को सेवाकार्य अन्तर्गत सो विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो।
विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्राज्ञिक दिनेश कार्कीले भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गरिएको बताए। उनले विद्यार्थीहरुलाई झोला, टोपि, अङ्ग्रेजी डिस्नरी, जोमेट्रि बक्स, नेपाली शब्दकोष र नेपाली बृहत शब्दकोष वितरण गरिएको बताए।