सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ 

२०७९ भदौ ७, ०२:२२ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुर अदालतको मिति २०७६।१०।२७ गतेको फैसलाले १ वर्ष ८ महिना कैद र ६,७०० जरिमाना ठहरेका फरार युवक पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार फरार कसुरदार महाकाली नगरपालिका- २ बस्ने हरिष बम पक्राउ परेका हुन्। उनलाई घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ। 

अहिले उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।

कमेन्ट लोड गर्नुस