बझाङमा नयाँ डिएसपी गएपछि धमाधम गाँजा फाड्दै प्रहरी
धनगढीः बझाङमा प्रहरीले गाँजा फडानी अभियान सुरु गरेको छ। जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा डिएसपी जागेश्वर भण्डारी गएपछि गाँजा फडानी अभियान थालिएको हो। लागुऔषध नियन्त्रण तथा रोकथाम कार्यक्रम अन्तरगत गाँजा फडानी अभियान थालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
अहिलेसम्म बझाङका बुङ्गल, थलारा, बित्थडचिर, मष्टा,केदारस्यू, खप्तडछान्ना र तलकोटका सार्वजनिक स्थानमा आफै उम्रेका गाँजाका बोटहरु फडानी गरिएको बताइएको छ।