सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा जीप दुर्घटना, ८ जना घाइते

२०७९ भदौ ५, ०२:१० खबर संवाददाता

धनगढीः डडेल्धुरामा जीप दुर्घटना भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको दीपायलबाट डडेल्धुरा सदरमुकामतर्फ गइरहेको से १ ज ५०४ नम्बरको जीप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा दुर्घटना भएको हो।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा ८ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेहरुको उद्धारमा प्रहरी खटिएको छ। उद्धार कार्य जारी रहेको बताइएको छ। जीप झाडी क्षेत्रमा दुर्घटना भएकाले अन्य पनि घाइते हुनसक्ने आशंकामा प्रहरीले खोजी जारी राखेको हो।

घाइतेहरुको पहिचान भने खुलेको छैन। जीप आइतबार दिउँसो साढे १ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। 

कमेन्ट लोड गर्नुस