पर्यटन प्रवर्द्धनका लागि सुदुरपश्चिममा टुर दी फारवेष्ट साईकल यात्रा हुने
नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा
पर्यटन प्रवर्द्धनका लागि सुदुरपश्चिम साईकल यात्रा हुने भएको छ । कैलालीदेखि कञ्चनपुरसम्ममा साईकल यात्रा हुन लागेको हो । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा पर्यटन प्रवद्र्धन गर्नका लागि दुई दिने साईकल यात्रा हुने भएको हो । फागुन २४ गते धनगढीदेखि सुरु भएर फागुन २५ गते महेन्द्रनगर पुगेर साईकल यात्रा समापन हुने आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । साईकल यात्रामा देशभरका ४०जना साईकल यात्रीहरुको सहभागीता रहनेछ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा सहित गरिन लागेको साईकल यात्राका लागि साढे तीन लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।
कैलाली कञ्चनपुरमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नका लागि साईकल यात्रा गर्न लागिएको हो । फागुन २३ गते धनगढीका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुको भ्रमण गराईनेछ । त्यसपछि फागुन २४ गते धनगढी रंगशालादेखि साईकल यात्रा सुरु भएर विभिन्न स्थानमा स्वागत हुँदै पहिलो दिन मझगाउँ होमस्टेमा वास वस्नेछ । दोस्रो दिन कञ्चनपुरका पर्यटकीय क्षेत्रको साईकल मार्फत भ्रमण गराएर कार्यक्रम समापन गर्ने तालिका बनाईएको पत्रकार सम्मेलनमा टुर दी फारवेष्ट साईकल यात्राका संयोजक टेकराज पनेरुले जानकारी दिए ।
साईकल र्यालीमा विश्व भ्रमण गरिसकेका साईकल यात्री पुष्कर शाहको पनि सहभागीता रहनेछ । त्यसका अलावा देशका विभिन्न स्थानका गरी ४० जनाभन्दा वढी साईकल यात्रीहरुले टुर दी फारवेष्ट साईकल यात्रा २०७५ मा सहभागीता जनाउनेछन् । पर्यटकीय क्षेत्रको प्रचार प्रसार र आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि गरिन लागेको कार्यक्रमका लागि झण्डै साढे ३ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतिस्पर्धा विना नै पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गर्न लागेको आयोजक युथ स्पोर्टस क्लबका अध्यक्ष सुरेन्द्र शाहीले जानकारी दिए ।
सुदुरपश्चिममा पहिलो पटक साईकल यात्रीहरुलाई एकै ठाउँमा भेला गरेर धनगढीदेखि महेन्द्रनगरसम्मको ६६ किलोमिटर र त्यसमा लिङगा जानआउनलाग्ने २८ किलोमिटर थप दुरीमा साईकल यात्रा हुन लागेको छ । साईकल यात्राको माध्यमले नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न कायृक्रम गरिएको र यसले टेवा समेत पुग्ने अपेक्षा गरिएको एक जना साईकल यात्री भरत शाहीले पत्रकार सम्मेलनमा बताए ।