नदीमा पानी सुकेपछि युरोपमा ढुवानी समस्या
पेरिसः लामो समयदेखिको चर्को खडेरीका कारण युरोपका अधिकांश देशका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या भएको छ। जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्यान्ड्सको मुसलगायतका मुख्य नदीमा पानीको स्तर नाटकीय रूपमा घट्न थालेपछि ढुवानीमा गम्भीर असर परेको हो।
युरोपकै सबैभन्दा लामो दानुबे नदी युरोपेली मुलुकका १० देश भएर बग्छ। यसमा पानीको स्तर घट्दै गएपछि जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोएसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, माल्दोभाको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले जनाएको छ।
जर्मनीको राइन नदीमा पानीको स्तर घट्दै गएको र आगामी दिनमा गम्भीर रूपमा न्यून बिन्दुमा पुग्न सक्ने आकलन जर्मन अधिकारीहरूको छ।