बैतडीमा पासोमा फस्यो चितुवा
बैतडी: बैतडीमा बँदेलका थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।
किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको जानकारी आएको उनले बताए। फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदै गरेको कँडेलले बताए। उद्धार टोली साँझसम्म आइपुग्ने बताइएको छ।