सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पनि प्रदर्शन हुनेछ ‘प्रेमगीत ३’ को हिन्दी डब

२०७९ साउन ३०, ०९:४३ खबर संवाददाता

काठमाडाैं:   विश्वको ठूलो चलचित्र बजार मानिने भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डब भएर प्रदर्शन हुन लागेको छ।  ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा असोज ७ गतेदेखि एकसाथ प्रदर्शनमा आउन लागेकाे हाे।

दुवै टिजरले यतिबेला राम्रो भ्युजसँगै चर्चा पाइरहेका छन्। दर्शकहरूले नेपालीभन्दा हिन्दी संस्करणको टिजरलाई अझ बढी रुचाएको प्रतिक्रिया दिएका छन्। साउथका प्रायः सुपर स्टारको चलचित्रको हिन्दी डबिङ गरेका कलाकारले आवाज दिएकाले पनि टिजरले दर्शकको ध्यान खिचेको हो।

दर्शकहरूले हिन्दी टिजर बढी रुचाएको पाएसँगै नेपालमा हिन्दी डब समेत प्रदर्शनमा आउने भएको छ। निर्माता एवं निर्देशक सन्तोष सेनले भारतसँगै नेपालमा पनि चलचित्रको हिन्दी डब प्रदर्शन गरिने बताए । 

स्व. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका छ। साथमा शिवश्रेष्ठ, पुष्कर कार्की, सुनिलथापा, माओत्से गुरुङ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, अनुभव रेग्मी, लक्ष्मी वर्देवा लगायतको अभिनय छ।

 

कमेन्ट लोड गर्नुस